जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • हुन्डाईले ल्यायो दसैं अफर योजना ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’, ५ लाख रुपैयाँसम्मको छुट

हुन्डाईले ल्यायो दसैं अफर योजना ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’, ५ लाख रुपैयाँसम्मको छुट

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले दसैं, तिहार तथा छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ अफर योजना लयाएको छ। यो अफर योजना भदौ ३० गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ।

 

कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकहरुले हुन्डाईका हरेक गाडीको खरिदमा ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन्। साथै गाडी खरिदमा उपलब्ध हुने स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन्।

साथै यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउने कम्पनीले जनाएको छ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध छन्।

ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखी योजना कम्पनीले केही दिन अघि मात्रै बम्पर विजेता घोषणा गरेको थियो।

4090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका