जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • विदेशमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकको राहत

विदेशमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकको राहत

सेन्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीलाई सहयोग गरेको छ। सेन्चुरी बैंकले खाद्यन्‍न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो। सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेल लगायत खाद्य सामाग्री उपलब्ध गराइएको हो ।

आबुधाबीमा राहत वितरण टोलीकातर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधिले उपलब्ध सहयोग सामाग्री बुझेका थिए। यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ। टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्य सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए।

उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए। परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल,सहज,छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए । विभिन्‍न दाताहरुबाट प्राप्त सहयोगले समस्यामा परेकाहरुलाई सहायता गरिनेछ।

8355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका