जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुरक्षा भत्ता हिनामिना गर्ने विरुद्ध मुद्दा दायर

सुरक्षा भत्ता हिनामिना गर्ने विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिनामा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

उनीहरूले सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेकाले रु त्रिपन्न लाख एक हजार ८५६ बिगो कायम गरी निजहरूबाट असुलउपर हुनुपर्ने मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । गत चैत २४ गते राति सामाजिक भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा सङ्कलन भएको राजस्व कार्यालयबाटै हराएको भन्दै आयोगमा उजुरी परेको थियो । 

उक्त घटनाको अनुसन्धान हुँदा वडासचिव राउत र कार्यालय सहायक  गिरीले सामाजिक सुरक्षा रकम रकम बैंकबाट लिएर आएको तथा वडासचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी वडा सचिव राउत र कार्यालय सहायक गिरीसँग रहेको  र कार्यालयको चाबी सहयोगी मिश्रले बोकेको पाइएको आयोगले जनाएको छ । 

घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अुनसन्धानबाट खुलेको छ 

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका