जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख नविकरणमा व्याज छुट

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख नविकरणमा व्याज छुट

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले २०७७ बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पुर्ण व्यतित भएका) बीमालेखहरु २०७७ जेठ १ गतेदेखि २०७७ असार १५ गतेसम्म पुनर्जागरण गराउने बीमितलाई व्याज छुट गर्ने जनाइएको छ । जसका लागि कम्पनीले अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा शत प्रतिशत व्याज छुट गर्ने जनाइएको छ ।
त्यस्तै, भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ

10050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका