जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा कोरोना प्रभावित परिवारलाई राहत प्याकेज वितरण

महालक्ष्मी विकास बैंकद्वारा कोरोना प्रभावित परिवारलाई राहत प्याकेज वितरण

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले देशैभरी गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको समयमा बैंकको न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी आर्थिकस्तर न्यून भएका ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका लागि रु ५०,००० (रु.पचास हजार) रुपैँयाको आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछाने ज्युलाई रु. पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

6610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका