जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकले शेयर धितोमा सहुलियत कर्जा लिन बोलायाे

नेपाल इन्भेष्टमेन्ट बैंकले शेयर धितोमा सहुलियत कर्जा लिन बोलायाे

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत कायम गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल)ले आफ्ना ग्राहकहरु तथा शेयरधनीहरुलाई सहुलियत ब्याजदरमा शेयर धितो राखि ऋण दिने भएको छ ।

बैंकले सम्पूर्ण ग्राहक तथा शेयरधनीहरुलाई जानकारी दिँदै वार्षिक ब्याजदर ९ दशमलव ९९ प्रतिशतमै कर्जा उपलब्ध गाराउने भएको छ ।

शुक्रबारै केन्दीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा ६५ बाट बढाएर ७० प्रतिशत पुर्याएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्दा १२० दिनको औषत मूल्य वा बजार मूल्य जुन कम छ त्यसलाई आधार मानी कर्जा प्रवाह गर्न सक्ने भएका छन् ।

शेयर धितो मूल्याँकन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा शेयरको प्रचलीत बजार मूल्यमा जुन कम हुन्छ त्यसको आधारमा शेयर धितोको मूल्याँकन गर्ने व्यवस्था थियो। यसलाई परिवर्तन गरी १२० दिन कायम गरिएको हो।

9195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका