जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अजोडको नाफामा ५० प्रतिशतले वृद्धि

अजोडको नाफामा ५० प्रतिशतले वृद्धि

अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.८५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बीमा शुल्कसँगै पुनर्बीमा कमिशनलगायतका आयहरू बढेपछि इन्स्योरेन्सको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले २७ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड २८ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद बीमा शुल्क १५ करोड ५१ लाख रुपैयाँ मात्र रहेको थियो ।

असार मसान्तसम्ममा इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय ७ करोड ५३ लाख रुपैयाँ बढेर १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको लगानी कर्जा तथा अन्यबाट हुने आय १ करोड ५५ लाख रुपैयाँ बढेर ३ करोड २४ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

गत असारअन्त्यमा ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि हाल कम्पनीको चुक्ता पुँजी इन्स्योरेन्स ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।  इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७० लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीइ विवरणअनुसार  गत आर्थिक वर्षको अन्त्यसम्ममा १ हजार ९८० दाबी बापत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । अझै कम्पनीले १४३ दाबी बीमाा बापतको ५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएदेखिनै सकारात्मक हुँदै अगाडि बढेको छ ।

8475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका