जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • एसबीआइ बैंक भैरहवा शाखाको १२ कर्मचारीमा कोरोना संक्रमण

एसबीआइ बैंक भैरहवा शाखाको १२ कर्मचारीमा कोरोना संक्रमण

बुटवल-रुपन्देहीको सिद्धार्थनगर भैरहवामा रहेको एसबीआइ बैंकमा कार्यरत १२ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एसबीआइ बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरी बैंकका कर्मचारीहरुको पीसीआर परीक्षण गराउँदा १२ जनाको पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए। बैंकका २३ जना कर्मचारीको पीसीआर परीक्षण गराइएकोमा अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।

यसअघि बैंकका कर्मचारीमा संक्रमण देखिएपछि बैंकरोड भैरहवामा रहेको एसबीआइ बैंकको शाखा कार्यालय बन्द छ।

10905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?