

सानिमा क्यापिटलले रिलायन्स लाइफको आइपीओ बाँडफाँडको मोडल आज सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कुल आवेदक ५ लाख ५७ हजार ५ सय ९ जना कायम भएको छ । म्युचअल फण्ड र कर्मचारीलाई छुट्याएको बाहेकको शेयर ५६ लाख ७० हजार कित्ता सर्वसाधारणलार्य वितरण गरिने सानिमा क्यापिटलले जनाएको छ ।
सो शेयरको लागि आवेदन परेको ५ लाख ८७ हजार ५०९ मध्ये ५ लाख ६७ हजार जना आवेदकलाई गोलाप्रथाद्धारा शेयर वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २० हजार ५०९ जना आवेदकले शेयर पाउने छैनन् ।
सो आइपीओमा कम्पनीका २२४ जना कर्मचारीले आवेदन दिएका छन् भने १९ वटा म्युचल फण्डले आवेदन पेश गरेका छन् । रिलायन्स लाइफको आइपीओ आगामी साता बाँडफाँड हुनेछ ।