जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएमबि बैंक विच्याट भुक्तानी प्रणाली भित्र्याउने पहिलो बैंक बन्यो, चिनियाँ पर्यटकलाई सहज हुने

एनएमबि बैंक विच्याट भुक्तानी प्रणाली भित्र्याउने पहिलो बैंक बन्यो, चिनियाँ पर्यटकलाई सहज हुने

एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ लिमिटेडसँग सम्झौंता गरेको छ। यो सम्झौंतापछि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले विच्याटमार्फत सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्नेछन्।

एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक भएको विज्ञप्तिमार्फत दाबी गरिएको छ। ‘१.१७ अर्ब भन्दा बढी  मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनीय छ। देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट चिनियाँ पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने छ।

चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत सहयोग पुग्ने बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट देशको विदेशी मुद्राको संचिति बढाउन समेत सहयोग पुग्नेछ।

विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न सहज हुने बैंकले दाबी गरेको छ।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका