जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नबिल बैंक र एसियन पेन्ट्सबीच च्यानल फाइनान्सिङका लागि सहकार्य

नबिल बैंक र एसियन पेन्ट्सबीच च्यानल फाइनान्सिङका लागि सहकार्य

नबिल बैंक र एसियन पेन्टस् नेपालबीच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य सुरु भएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी भएको बैंकले जनाएको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका कन्ट्री डाइरेक्टर गोपाल कृष्णनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यस सम्झौताअन्तर्गत एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङका रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्नका लागि सुलभ ब्याजदर र न्यून धितो अनुपातमा ऋण पाउनेछन्।

आफ्ना देशैभरका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने नबिल बैंकले जनाएको छ।
च्यानल फाइनान्सिङअन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ।

बैंकले सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्टस् नेपालसँग सहकार्यका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए। व्यवसाय बिस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने उनले बताए ।

यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिदबिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ छ।

कार्यक्रममा नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत विनय रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्ट्सका प्रमुख वित्त अधिकृत समीर श्रेष्ठका साथै अन्य कार्यकारीहरूको पनि उपस्थिति थियो ।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका