जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमईले कमायो तीन महिनामा एक अर्बमाथि नाफा

ग्लोबल आइएमईले कमायो तीन महिनामा एक अर्बमाथि नाफा

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको  पहिलो त्रैमासमा एक अर्ब ५ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । यसमा २२ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको जनाइएको छ ।

बैंकले प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको असोज मसान्तको तुलनामा यस आवको सोही अवधिमा बैंकको नाफा ४०.५९ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिना पूरा हुँदा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी  गत आवको तुलनामा ६५.७८ प्रतिशत बढेर १२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, सञ्चालन नाफा गत आवको सोही अवधिको तुलनामा ४१.५३ प्रतिशत बढेर  १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

तर, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा भने ०.८५ प्रतिशतबाट बढेर  १.८३ प्रतिशत पुगेको छ।

अर्को ‘क’ वर्गको वाणिज्य बैंक जनता बैंकलाई गाभेको ग्लोबल आईएमईले गत आवको नाफाबाट यस वर्ष सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । जसमा १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत करसहित नगद लाभांश दिने भएको हो ।

जनता बैंकलाई गाभेपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ छ । बैंकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणपछि यो पुँजी २१ अर्ब ६३ करोड पुग्नेछ ।

हाल बैंकको जगेडा कोषमा करीब ९ अर्ब २७ करोड, अवितरित आय (रिटेन्ड अर्निङ) १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ छ ।

पछिल्लो त्रैमासको अन्त्यसम्ममा बैंकले २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ।

अहिले बैंकको प्रतिसेयर आम्दानी २२.३२  रुपैयाँ  छ  मूल्य आम्दानी अनुपात १२.१९ गुणा छ । प्रतिसेयर नेटवर्थ १५८.५९ रुपैयाँ रहेको छ।

7095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?