जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंक-भीमदत्त नगर सहुलियत कर्जा सम्झौता, महिलालाई २.८ र पुरुषलाई ३.८% ब्याजमा ऋण

नेपाल बैंक-भीमदत्त नगर सहुलियत कर्जा सम्झौता, महिलालाई २.८ र पुरुषलाई ३.८% ब्याजमा ऋण

उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ। ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत व्यवसाय गर्न चाहनेलाई सघाउन सम्झौता भएको हो।

नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र बैंकका महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नगरपालिकाको सातौं नगरसभाले १०० जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरेको थियो। उक्त कार्यक्रमअनुसार उद्यम व्यवसाय गर्न चाहने नगरवासीका लागि बैंकसँग ब्याज अनुदान दिएर ऋण उपलब्ध गराउन सम्झौता गरिएको हो।

नगर प्रमुख बिष्टका अनुसार कोरोना संक्रमणका कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका र स्थानीयस्तरमा रोजगारी पाउन नसकेकालाई कार्यक्रमले प्राथमिकतामा राखेको छ। ऋण लिएर उद्यम-व्यवसाय गर्न चाहनेले आफ्नो व्यावसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिसमा बैंकबाट ऋण पाउने छन्। ऋणको ब्याज नगरपालिकाले तिरिदिने सम्झौता उल्लेख छ।

भारतसहित तेस्रो मुलुकबाट फर्केका बासिन्दालाई सहयोग गर्न यस अघि नै क्वारेन्टिनबाट काम गर्न चाहने व्यवसायका लागि नगरपालिकाले लगत संकलन गरिसकेको छ। नगर क्षेत्रका ११ हजारभन्दा बढीको फारम पनि संकलन गरिएको छ । कृषि, गैर कृषि, पशुपालन र जडीबुटीलगायत व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ। व्यवसायीले बिना धितो बैंकबाट ऋण पाउने छन्। ब्याज आफूले तिर्नु पर्दैन।

नगरपालिकाले कोषमा जम्मा गर्ने रकमको आधारमा बैंकले कर्जा दिन लागेको हो। त्यसका लागि चालु वर्ष नगरपालिकाले बैंकको कोषमा एक करोड रूपैयाँ रकम जम्मा गर्न लागेको छ। बैंकका शाखाका प्रबन्धक चन्दले तिहारपछि सम्झौता अनुसार कर्जा उपलब्ध गराउन शुरु गरिने बताए।

कार्यक्रम सञ्चालनका लागि बैंकमा छुट्टै इकाई हुनेछ। ‘यसमा अरु कर्जा जस्तो हुँदैन, कर्मचारीको छुट्टै युनिट खडा गरी ‘सेभेन वर्कस डे’ भित्र सक्ने गरी काम गर्छौ,’ उनले भने। सहुलियत पूर्ण कर्जामा पनि पुरुषलाई ३.८ र महिलालाई २.८ प्रतिशत ब्याजमा ऋण दिइने उनले बताए। ‘बैंकले त्यो ब्याज नगरपालिकाको कोषबाट कट्टा गर्छ, त्यस बाहेकको अरु ब्याज सरकारले व्यहोर्छ,’ उनले भने।

4240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका