जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बेटिङ र क्रिप्टो कारोबारमा चारजना पक्राउ

बेटिङ र क्रिप्टो कारोबारमा चारजना पक्राउ

प्रहरीले बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ।

वान एक्स बेटबाट बेटिङमा संलग्न पाँचजनालाई काठमाडौं उपत्यका अपराध कार्यालयको टोलीले पक्राउ गरेको हो।

काठमाडौंका विभिन्न ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुले करिब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ।

पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछाने र अनिता धिताल छन्। प्रहरीका अनुसार कैलालीका खड्का दोस्रोपटक पक्राउ परेका हुन्।

यसअघि २०७८ माघमा पक्राउ परेका थिए। त्यसबेला विदेशी विनिमय अपचलनमा राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो।

3115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका