जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भाईटिकामा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा

भाईटिकामा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा

एनआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाईटिकामा ग्राहक महानुभावहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग MoBank मार्फत प्रदान गर्नुभएमा दक्षिणा रकममा थप एक सय रुपैयाँ बैंकले आफ्नो तर्फबाट प्रदान गरिदिने बैंकले जनाएको छ ।

यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम पाँच सय रुपैयाँ स्थानान्तरण गर्नुपर्नेछ । यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम तीन सय रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहक महानुभावहरूले MoBank एपमा रहेको Digital Dakshina मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा BHAITIKAविवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको छ ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नुहुनेछ ।

डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालिन रणनीतिअनुरुप बैंकले आफ्ना डिजिटल सेवा तथा सुविधाहरू बढी भन्दा बढी ग्राहकहरू समक्ष पु¥याउन विभिन्न प्रवद्र्धनात्मक योजनाहरू सञ्चालन गरिरहेको छ । जस अनुरुप ग्राहक महानुभावहरूले Happy Hour बाट भुक्तानी गर्दा ज्बउउथ ज्यगच योजनाबाट रू. ४००÷–,Super Six Campaignयोजनाबाट रू. ५००÷– तथा अनलाइनबाट खाता खोली पहिलोपटक ःयद्यबलप मार्फत कारोबार गर्दा रू. ५००÷– गरी मासिक रुपमा रू. १,४००÷– सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ ।

साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । बैंकले अझ बढी यस्ता योजनाहरू थप गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा आकर्षित गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पु¥याउने विश्वास लिएको छ ।

5710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका