जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाहरुले ठूला परियोजना र पूर्वाधारमा लगानी बढाउन आवश्यक

बैंक तथा वित्तीय संस्थाहरुले ठूला परियोजना र पूर्वाधारमा लगानी बढाउन आवश्यक

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ)लाई दवाव नदिन भनेका छन् । शुक्रबार ग्लोबल आइएमई र जनता बैंकको एकिकृत कारोबारको उद्घाटन गर्दै बैंक सञ्चालकहरुलाई बैंक व्यबस्थापनलाई नाफाको लागि मात्र काम गर्न दावव नदिन निर्देशन दिएका हुन ।

बैंकहरुले गरिरहेको व्यापार पारदर्शी गर्न र नाफा पनि पारदर्शी भएर कमाउन समेत उनले आग्रह गरेका छन् । विगत तीन वर्षदेखि देशको आर्थिक वृद्धिदर उच्च रहेकाले यो आर्थिक वृद्धिदरलाई निरन्तरता दिन बैंक तथा वित्तीय संस्थाहरुले ठूला परियोजना र पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको उनले बताए ।

दुई बैंकको मर्जले अन्य वित्तीय संस्थाहरुलाई पनि मर्जमा मद्दत पुग्ने खालको व्यबस्थापन गर्न उनले दिर्नेशन दिए । बैंकमात्रै ठूलो भएर नहुने ठूलोको ताज बचाइराख्न सबै क्षेत्रमा ठूला बन्न सक्नु पर्छ उनले भने । ठूलो बैंक भएपछि लगानी पनि ठूलो, व्यबस्थापनमा ठूलो लगानीका साथै वित्तीय अनुसाशनमा पनि ठूलो योगदान चाहिने भएकाले सबैमा ठूलो बन्ने सोचका साथ अगाडि बढ्न सुझाव दिए ।

ठूलो बैंकमा आफ्नो ग्राहक नचिन्ने कर्मचारी भने अब हुन नहुने व्यांग्य समेत गरे । उनले भने, अब पनि बैंक तथा वित्तीय क्षेत्रले प्रविधि र मानवशंसाधनमा लगानी नगर्ने हो भने विदेशी त के स्वदेशी वित्तीय संस्थासँग पनि प्रतिस्पर्दा गर्न नसक्ने उनको भनाइ थियो ।

6610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका