जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नबिल बैंकको वितरण योग्य नाफा १ अर्ब २० करोड पुग्यो

नबिल बैंकको वितरण योग्य नाफा १ अर्ब २० करोड पुग्यो

नबिल बैंकले चालू आवको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएकोमा ६२।८५ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१।०३ रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा १२ अर्ब ६१ करोड ९६ लाख सञ्चित राखेको बैंकको प्रतिशेयर नेटवर्थ २६७.०८ रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ९६ अर्ब १५ करोड १५ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत आवको प्रथम त्रैमासको तुलनामा १७।९६ प्रतिशतले घटेर १ अर्ब ५७ करोड ४० लाख रुपैयाँमा र सञ्चालन नाफा ७।६७ प्रतिशतले घटेर १ अर्ब ४८ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ ।

बैंकको खराब कर्जा अनुपात ०।६५ प्रतिशतमा स्थीर रहँदा पूँजीकोष अनुपात बढेर १२।५९ प्रतिशतमा पुगेको छ ।

5740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका