जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो अन्तर बैंक टेलर क्यूआर सेवा, रकम झिक्न सजिलो हुने

मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो अन्तर बैंक टेलर क्यूआर सेवा, रकम झिक्न सजिलो हुने

मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रोत्साहन गर्नको लागि अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ।

यस सेवा अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैंकिङ एपको प्रयोग गरि मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरि सजिलै नगद झिक्न सक्नेछन्।

यो सेवाको सुरुवातसँगै ग्राहकहरुले परम्परागत रुपमा चेक तथा एटिएमको प्रयोगमार्फत रकम झिक्नु पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

यव सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन्।

हाल यो सेवा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुंगा ,कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयमा उपलब्ध हुनेछ। यो प्रणालीलाई बैंकले देशभरको शाखामा विस्तार गर्ने तयारी पनि गरेको छ।

2060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?