जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकको साधारणसभा पुस २७ मा, १०.५३ प्रतिशत लाभांश, ५.५३ प्रतिशत नगद प्रस्ताव

एभरेष्ट बैंकको साधारणसभा पुस २७ मा, १०.५३ प्रतिशत लाभांश, ५.५३ प्रतिशत नगद प्रस्ताव

एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ।

बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने छ।

बैंकले प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै कम हो। यद्यपी एभरेष्टले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ। एभरेष्टले पछिल्लो १० वर्षमा ७० प्रतिशतसम्म पनि लाभांश वितरण गरेको छ। बैंकले यो अवधिमा एक पटक ३३.३३ प्रतिशत हकप्रद सेयर वितरण गरेको थियो।

एभरेष्टले गत वर्ष एक अर्ब ३६ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १३ करोड ५९ लाख रुपैयाँ छ। गत वर्ष यो बेलाको नाफा ३० करोड ८४ लाख रुपैयाँ थियो। कोभिडका कारण ब्यापार ब्यवसाय समस्यामा गएको र राष्ट्र बैंकले पनि ऋण भुक्तानीमा केही नरम नीति लिएका कारण बैंकको नाफा उल्लेख्य घटेको हो।

कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणमा छ। संस्थापक सेयरधनीतर्फ भारतको पञ्जाब नेशनल बैंकको हिस्सा २०.०३ प्रतिशत छ।

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका