जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा

मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा

मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ ।

ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन् । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ ।

यो सेवा कसरी लिने ?

सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । वेबसाईटको सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ । यस मेनुमा क्लिक गरेपछि त्यहाँ मेगा बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । छानिसकेपछि ‘कृएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्टलाई फोटो खिचेर वा स्क्यान भएको भए सोही अनुसार छनौट गरेर अपलोड गर्नुपर्छ । त्यो विवरण प्राप्त गर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

नेपालको बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राइरहेको हालको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा दिने उद्देश्यले भिडियोबाट खाता खोल्ने सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘यसले इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई खाता खोल्नकै लागि बैंकमै आउनुपर्ने वाध्यताको अन्त्य हुने विश्वास लिएका छौं’– सिइओ खुञ्जेलीले बताएन् ।

 

6280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका