जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ग्राण्ड बैंकको घोटला काण्ड फेरि वितियो

ग्राण्ड बैंकको घोटला काण्ड फेरि वितियो

भूपेन्द्र आचार्य । नेपाली जनताको रगत र पसिनाको पैसा घुमाउरो पाराबाट लगानी गरि आफ्नै खातामा कमिशन हाल्न लगाउने तत्कालीन ग्राण्ड बैंक लिमिटेडका सीइओ सुधिर बाबु खत्री र अध्यक्ष स्वरुप गुरुङ कोने माथी छानबीन शुरु भएको छ ।

अग्नी एयरलाइन्स, सिम्रिक एयरलाइन्स, विभिन्न रियल स्टेट कम्पनीलाई घुमाउरो पाराबाट धितो भन्दा बढी मूल्यांकन गरि कर्जा प्रवाह गर्ने तत्कालीन ग्राण्ड बैंक लिमिटेडको सञ्चालक समिति र त्यसका अध्यक्ष स्वरुप गुरुङ कोने, सीइओ खत्री र तत्कालीन बैंकका उच्च तहका कर्मचारी लगायत २० जना भन्दा बढी बिरुद्ध राष्ट्र बैंकको लिखित सिफारिसमा सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन अन्तिमरुपमा पु¥याएको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले नाम नलेख्ने शर्तमा आर्थिक बजार न्यूज डटकमलाई बताए ।

तत्कालीन ग्राण्ड बैंकका सीइओ सुधिर बाबु खत्रीको बैंक खातामा लोनका ग्राहकहरुबाट लाखौ पैसा आएको भेटिएपछि राष्ट्र बैंकले सीइओ खत्रीलाई ५ लाख जरिवानाको कारवाही गर्दै सीइओ पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तत्कालै राजीनामा दिएर थप कारवाहीबाट खत्री बचेका थिए ।

२०७३ साल फागुन १ गते प्रभु बैंक लिमिटेड र ग्राण्ड बैंक् लिमिटेडबीच मर्जर भएको थियो । त्यसबेला तत्कालीन ग्राण्ड बैंकको खराब कर्जा १ अर्ब ५० करोड भन्दा बढी भएको राष्ट्र बैंकले नै सार्वजनिक गरेको थियो ।

करिब २ अर्ब मध्येको कालु गुरुङ्ग लगायतको घर जग्गा व्यवसायीहरुलाई दिएको करिब १ अर्ब कर्जा उठेपनि अग्नि एयर, सिम्रिक एयर लगायत अन्य घर जग्गा व्यवसायीलाई दिएको कर्जा १ अर्ब भन्दा बढी नउठे पछि राष्ट्र बैंकले सिआईबी र अख्तियारलाई छानबीन गर्न पत्राचार गरेको एक डिपुटी गर्भनरले आर्थिक बजार न्यूज डटकमलाई बताए ।

तत्कालीन ढल्न लागेको ग्राण्ड बैंकलाई राम्रा सम्पत्तीकै लोभमा प्रभु बैंकले मर्जर गरेको भए पनि खराब कर्जा उठाउन प्रभु बैंकले अझै सकेको देखिदैन । अधिकाशं खराब कर्जा प्रभिजन भएका छन् । धितो बिक्रीमा छन् । तर कर्जा भन्दा कम रकम मात्रै उठ्ने भएपछि प्रभु बैंकको सिफरिसमा कारवाहीको सिफारिस राष्ट्र बैंकले अख्तियार र सीआईबी मार्फत छानबीन गर्न र मुद्दा चलाउन फाइन पठाएको देखिन्छ ।

तत्कालीन ग्राण्ड बैंकका सीइओ खत्री लगायत उच्च तहका सबै जसो कर्मचारीले प्रभू बैंकसंग मर्जर भएपछि जागिरबाटै राजिनामा दिएका थिए । सीइओ खत्री अहिले नेपालमै छन् । उनी अष्टे«लियाको ग्रीन कार्ड होल्डर पनि हुन् ।

राष्ट्र बैंकले आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआइबीलाई सिफारिस गरेको छ । राष्ट्र बैंकका एक डिपुटी गर्भनरले भनेः– तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्री, सञ्चालक समिति अध्यक्ष स्वरुप गुरुङ कोनेलगायत सञ्चालक र उच्च व्यवस्थापनका करिब २० जनाले बैंकिङ घोटाला गरेको बिषयमा अनुसन्धान गर्न लेखेर पठाइएका छौं ।

ग्राण्ड बैंक प्रभुमा गाभिएपछि पनि ग्राण्ड बैंक तिरबाट लगानी भएर डुबेको कर्जा उठ्न सकेको अवस्था छैन । केही सञ्चालकहरुले भने केही ऋण भुक्तानी गरेको भन्दै राष्ट्र बैंकलाई जानकारी गराएका छन् । राष्ट्र बैंकको कारवाही सिफारिसमा सिम्रिक एयरका संचालकहरु र अगिन एयरका सुधिर बस्नेतको नाम पनि देखिन्छ । यसैगरी केही जग्गा कारोबारीहरुमाथि पनि आवश्यक अनुसन्धान गरी कारवाही अगाडि बढाउन राष्ट्र बैंकले सिआइबीलाई लिखित आग्रह गरेको खुलेको छ ।

बैंकिङ ऋण दुरुपयोग हुँदा राष्ट्र बैंकको सिफारिसमा सिआइबीले अनुसन्धान गरी पाटन उच्च अदालतमा मुद्दा चलाउँ नै परम्परा छ । तत्कालीन ग्राण्ड बैंकका सीइओ खत्री हाल नेपालमा छन् । उनी विगत लामो समयदेखि अष्टे«लिया बस्दै आएका थिए । सिआइबी स्रोतका अनुसार अब केही दिनभित्रै आरोपितहरु अध्यक्ष कोने, सीइओ खत्री र उच्च व्यवस्थापन टिमका कर्मचारीलाई बयानका लागि झिकाइने तयारी भइरहेको सीआईबी स्रोतको दाबी छ ।

प्रभुले गाभेपछि एकिकृत कारोबारको उद्घाटन गर्दै गभर्नर डा. चिरनजिबी नेपालले ढल्न लागेको बैंकलाई जोगाउन पाएकोमा खुसी लागेको बताएका थिए । ०७२ फागुन १ गते एकिकृत कारोबार भएको थियो। कार्यक्रममा ग्राण्डका तत्कालिन अध्यक्ष कोनेले पनि राष्ट्र बैंक र प्रभु बैंकलाई धन्यवाद दिँदै आफू झण्डै जेल गएको बताएका थिए ।

मर्जर अघि ग्राण्ड बैंकको करिब २ अर्ब रुपैयाँ नोक्सानमा गएको थियो । जगेडा कोष एक अर्बभन्दा बढीले ऋणात्मक थियो। खराब ऋण बढेर ५० प्रतिशत हाराहारीमा पुगेको थियो। त्यसबेला राष्ट्र बैंकले ग्राण्डलाई शीघ्र सुधारात्मक कारवाही अगाडि बढाए र सीइओ खत्रीलँई ५ लाख जरिवाना गरी पद मुक्त गरेको अवस्था थियो ।

०७१ असारबाट २०७२ पुससम्म आउँदा निक्षेप २१ अर्बबाट घटेर ६ अर्ब ४३ करोड रुपैयाँमा झरेको थियो । कर्जा करिब १५ अर्बबाट आठ अर्ब रुपैयाँमा ओर्लिएको थियो । अहिले ग्राण्डबाट डुबेको कतिपय ऋणहरु प्रभुले उठाइरहेको प्रभु बैंकका सीइओ अशोक शेरचनले एक अन्र्तवार्तामा हामीसंग बताएका थिए । तर धेरै कर्जा अझै नउठेको राष्ट्र बैंक स्रोतको दावी छ ।
तत्कालीन गर्भनर डा. युवराज खतिवडाले ग्राण्डमाथि शीघ्र सुधारात्मक कारवाही गरेका थिए । तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्रीलाई पाँच लाख रुपैयाँ जरिवाना समेत गराइएका थिए । खत्री कार्यकाल बाँकी छँदै बैंकबाट बाहिरिएपछि बैंकले पर्शुराम कुँवर क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत बनाएको थियो ।

खत्रीले नै खराव ऋणजति सबैको नोक्सानी व्यवस्थापन गराएका थिए । त्यही कारण बैंकको जगेडा कोष ऋणात्मक भएको राष्ट्र बैंकले दाबी गरेपनि तत्कालीन सीइओ क्षेत्रीले बैंक जोगाएका मात्रै थिएनन् । बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गर्नबाट उन्मुक्ति दिएका थिए । यो सत्यलाई छेक्न सकिदैन ।

राष्ट्र बैंकका अनुसार, सुधिर बस्नेतलाई अग्नी एयरमा ऋण लगानी गर्दा र पछि त्यो ऋण नउठ्ने हुँदा गरिएको लिलाम बिक्रीमा घोटाला गरेको देखिन्छ । तत्कालीन ग्राण्ड बैंकका केही ठाउँका ठूला रियलस्टेट ऋणहरुमा पनि ठूलो कमिशन घोटाला गरिएको फेला परेको छ ।

अहिले बैंकको कर्जा उठेको छैन । ऋणहरुमा पनि ठूलो कमिशनको खेल भएको फेला परेको छ । कर्जा पनि उठेको छैन । साँवा ब्याज गरी अर्बै भन्दा बढी भएपछि प्रभू बैंकले ग्राण्ड बैंकका दर्जनौ कर्जा प्रभिजन गरेको छ । धितो लिलाम गर्दा पनि कर्जा नउठे पछि राष्ट्र बैंकले वाध्य भएर सीआईबी र अख्तियारलाई प्रभु बैंकको सिफारिसमा छानबीन गर्न पत्राचार गरि फाइल जिम्मा दिएको खुलेको हो ।

करिव १ अर्ब रुपैयाँभन्दा माथिको बैंकिङ घोटाला भएको फेला परेपछि हामीले सिआइबी र अख्तियारलाई कारवाहीका लागि लेखी पठाएका हौं’ ती डिपुटी गर्भनरले आर्थिक बजार न्यूज डटकमसँग भने यतिसम्म कि डिपोजिटलाई कर्जा दिएर तत्कालीन सीइओ खत्रीकै खातामा कमिशन बैंकबाट आएको छ । यो प्रमाण हामीसंग देखिन्छ । जनताको पैसा लुट्ने अधिकार कसैलाई छैन ।

जे भएपनि ढिलो चाडो ग्राण्ड बैंकको अर्बै घोटला काण्ड छानबीन गरेर जनताको पैसा ठगी गर्नेहरुलाई कानुनी कठघरामा ल्याउन राष्ट्र बैंक लागेको छ । यो स्वागतयोग्य कदम नै हो । तर घोटला भएको बसैदिन हुँदा पनि राष्ट्र बैंकले तत्कालीन ग्राण्ड बैंकका सीइओ खत्री र अध्यक्ष कोनेलाई किन कारवाही गरेनन् । यो चाँही खोजीको विषय बनेको छ । स्मरणीय रहोस ग्राण्ड बैंकको केन्द्रीय कार्यालय कमलादीमा बनाउँदा समेत करोडौं घोटला भएको खुलेको छ । अहिले ग्राण्ड बैंकका सबै सम्पत्ती प्रभु बैंकको नाममा छ । तर ठेकेदारहरुले अझै पैसा नपाएको गुनासो हामीलाई सुनाए ।

12405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?