जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नक्साल तरकारी बजारबाट सानिमा बैंकको क्यूआर कोड सेवा शुरु

नक्साल तरकारी बजारबाट सानिमा बैंकको क्यूआर कोड सेवा शुरु

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्न क्यूआर कोडबाट भुक्तानी को सुरुवात डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रबर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआरकोड बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैंक , सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरेका छन ।
 यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको बैंकले जनाएको छ । डिजिटल अर्थतन्त्रको विकासका लागि  यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिदै दैनिक उपभोग गर्ने वस्तुहरुको खरिदमा डिजिटल बैकिङ्गको प्रयोगलाई बढावा दिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विकेताहरुलाई निःशुल्क क्युआर कोड वितरण गरेको थियो । खुद्रा पैसाको झन्झट नहुने , जुन सुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम वैक खातामै जम्मा हुने हुँदा क्युआर कोडबाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।

7180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?