जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

१ मंसिर, काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त भएका हुन् ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गर्दै सीईओको जिम्मेवारी शुक्रबारबाटै लागु हुनेगरी खनाललाई दिएको हो ।

खनाल साविकको कुमारी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि सीईओ रहेका अर्याल एनसीसी बैंकमा सीईओ थिए ।
मर्जरपछिको बैंकको सीईओको जिम्मेवारी अर्यालले पाउँदा खनाल दोस्रो बरीयतामा थिए । खनाललाई आगामी ४ वर्षका लागि सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो

1280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका