जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट बैंकको २० औं एक्सटेन्सन काउन्टर मंगलबजारमा

नेपाल इन्भेस्टमेन्ट बैंकको २० औं एक्सटेन्सन काउन्टर मंगलबजारमा

नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । उक्त काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे ।

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

6100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?