जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन् ।
7445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका