जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • चन्द्रागिरी हिल्सको आईपिओ बाँडफाँड, ११६३ जनाले पाए ८० कित्ता शेयर

चन्द्रागिरी हिल्सको आईपिओ बाँडफाँड, ११६३ जनाले पाए ८० कित्ता शेयर

चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

बाँडफाँड मोडल अनुसार १० देखि ७० कित्तासम्मको लागि आवेदन दिने माग गरे अनुसार कै शेयर पाएका छन्  । त्यस्तै ८० कित्तादेखि ३०६० कित्तासम्मको लागि आवेदन दिनेले समान ७० कित्ता शेयर पाएका छन्  । त्यस्तै ८० कित्तादेखि ३ हजार ६० कित्ताको लागि आवेदन दिने ३५ सय ६१ जना मध्यबाट गोलाप्रथा गरेर ११सय् ६३ जनाले थप १० किता शेयर पाएका छन्  । साथै ८० देखि ३०६० कित्तासम्मको लागि आवेदन दिएका तर गोलाप्रथाबाट १० कित्ता शेयर नपाएका २३ सय ९८ जना मध्येबाट गोलाप्रथा गरि ९ जनालाई थप १ कित्ता शेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ  । यस हिसाबमा लगानीकर्ताले अधिकतम ८० कित्तासम्म शेयर पाएका छन्  ।

आईपिओमा ४८ सय ८ जनाले आवेदन दिएको मध्ये २०४ जनाको आवेदन रद्द भएकोले योग्य रहेका ४६ सय ४ जना आवेदकलाई मात्र  शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ  ।

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो । स्थानीयलाई जारि गरिएको यस आईपिओमा काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने ब्यबस्था थियो।

कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।  कम्पनीले यहि पुस महिना भित्र सर्बसाधारणलाई शेयर निष्काशन गर्ने जनाएको छ  ।

कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका