जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकले दिने लाभांश घट्यो

ज्योति विकास बैंकले दिने लाभांश घट्यो

ज्योति विकास बैंकले लाभांश दर ह्‍वात्तै घटेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट ६.८० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। पोहोर १५.५ प्रतिशत दिएको थियो।

नाफा बढे पनि बैंकले लाभांश दिन कन्जुस्याइँ गरेको हो। यसपटक प्रस्तावित लाभांश १० वर्षयताकै कम हो।

सञ्चालक समितिले प्रस्तावितमध्ये ३ प्रतिशत बोनस सेयर दिने छ। बाँकी ३.८० प्रतिशत नगद हो। यो करसहित हो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ।

अहिले बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख रुपैयाँ छ। बोनस वितरणपछि चुक्ता पुँजी १२ करोड ८० लाख रुपैयाँले बढ्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

1925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?