जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक शाखा रहित बैंकिङ्ग सेवा इलाम र चोभारमा

सिटिजन्स बैंक शाखा रहित बैंकिङ्ग सेवा इलाम र चोभारमा

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ सेवा इलाम जिल्लाको चिसोपानी पञ्चमी बजार बजार र काठमाडौंको चोभारबाट सञ्चालनमा आएको छ ।

बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडांै जिल्लाको चोभारमा पुस १५ गतेबाट १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको हो ।

उक्त स्थानहरुमा सेवा संचालनका लागि स्थानीय व्यवसायी राममाया सम्बाम्फे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

खा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिइरहेको जनाएको छ ।

4885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?