जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • दुई हेलिकोप्टर नेपाल भित्रिएलगत्तै बिक्री

दुई हेलिकोप्टर नेपाल भित्रिएलगत्तै बिक्री

व्यावसायिक योजना अनुसार दुई कम्पनीले अर्डर गरेका दुईवटा हेलिकोप्टर नेपाल भित्रिएलगत्तै बिक्री भएका छन्। फिस्टेल एयर र कैलाश हेलिकोप्टरले अर्डर गरेअनुसार नेपाल आइपुगेका एयरबस कम्पनीका एएस ३५० बी-३ इ सिरिजका हेलिकोप्टर बिक्री भएका हुन्।

फिस्टेल एयर र कैलाश हेलिकोप्टरले मगाएका हेलिकोप्टर अन्नपूर्ण र प्रभु हेलिकोप्टरले खरिद गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

‘फिस्टेल एयर र कैलाशले एक एक वटा हेलिकोप्टरले मगाएका थिए। तर नेपाल भित्रिएलगत्तै अन्नपूर्ण र प्रभु हेलिकोप्टरले किनेका छन्। अन्नपूर्ण र प्रभुले नयाँ हेलिकोप्टरबाट उडान गर्न हामीसँग अनुमति लिन बाँकी छ,’ उनले भने। खरिद बिक्रीको रकम खुलाइएको छैन। अन्नपूर्ण र प्रभुसँग हेलिकोप्टर संख्या २/२ पुगेको छ।

फिस्टेल एयरले एक महिना अगाडि ल्याएको हेलिकोप्टर अन्नपूर्णले किनेको हो। ‘३५ करोड रुपैयाँ लोन थप्नुपर्ने भयो। तर व्यापार हामीले सोचेजस्तो हुने सम्भावना कम देखियो। त्यसैले अन्नपूर्णलाई हेलिकोप्टर बेचेका हौं। कागजी प्रक्रिया पूरा गर्न बाँकी छ,’ फिस्टेल एयरका एक प्रतिनिधिले भने। दुवै हेलिकोप्टर एसेम्बलको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

छुटाउनु भयो कि?