जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

शुक्रबारबाट कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालन गरेका हुन् ।

उद्धघाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोडदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलपूmल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेको बताए ।

त्यस्तै, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

यसैगरि, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा हामी विचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गरे ।

6060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका