जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा शुक्रबार कोषले आफ्नो वार्षिक उत्सव मनाएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि तथा अर्थमन्त्री शर्माले अहिलेको अवस्थामा लगानीको धेरै नै खाँचो रहेको बताउँदै कोषलाई अझै प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिए । साथै उनले आर्थिक विकासका लागि कोषमा रहेको निक्षेप उत्पादन मुलक क्षेत्रमा लगानी गर्न समेत सुझाव दिए ।

त्यस्तै, अर्थमन्त्री शर्माले सरकारले लिएको ऋणबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको जिकिर गरे।  उनले भने, ‘सरकारले दिएको ऋणबारे रोइकराइ गर्नु पर्दै । सरकारले लिएको हो ऋण । जसलाई सरकारले नै तिर्छ ।’ साथै उनले पूर्वाधार विकासका लागि पुँजी जुटाउन डेभलपमेन्ट फण्ड जुटाउदै गरेको समेत जानकारी दिए । अर्थमन्त्री शर्माले सरकारले कर छुटका विषयमा सबैलाई समान व्यवहार गर्नु पर्ने समेत बताए । 

उक्त कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले आगामी दिनमा पुर्वाधार विकासका क्षेत्रलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । उक्त वार्षिक उत्सव समारोहमा कोषले २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक प्रदान तथा सम्मान गरेको छ । साथै कोषमा योगदान पुर्याएका पूर्व अध्यक्ष तथा सञ्चालकहरुलाई पनि सम्मान गरेको छ । 

हाल नागरिक लगानी कोषका १२ वटा कार्यक्रममा करिव ८ लाख भन्दा बढ़ी सहभागी रहेका छन् । सरकार, नीजि क्षेत्र र सर्वसाधारणको शेयर लगानीमा स्थापित यस कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कोषको खुद मौज्दात रकम (फन्ड) १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्व ९१ करोड लगानी गरेको छ ।

कोषको पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनरबीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर हो भने यस्ते पुँजी बजारको विकास, विस्तार र विश्वसनीयतामा महत्वपुर्ण योगदान पुर्याउने छ । 

कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर संचालनमा ल्याइसकिएको छ । राष्ट्र सेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सीजीएएस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सम्पूर्ण सहभागीहरुलाई सापटी तथा अन्तिम भुत्तानी एनसीएचएलको कनेक्ट आइपीएस मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठीत संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै कोषले प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ भने भुक्तानी प्रणाली कनेन्ट आइपीएस मार्फत हुने व्यवस्था भैसकेको छ

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका