जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रमलाई सहयोग

नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रमलाई सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ ।

सन् २०१८ मा संचालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारिरीक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्थापनामा सहयोग गर्दै आएको छ । हेटौडाको मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा भेन्कट नागेश्वर चलासनी, उप प्रबन्ध निर्देशक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, सोमा संकरा प्रसाद, उप प्रबन्ध निर्देशक तथा समुह अनूपालना अधिकृत, भारतीय स्टेट बैंक, बिआरएस. सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंक, विरन्ची नारायण रथ, उप महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंकका संचालकहरु बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, विमला सवेदी प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत  दीपक कूमार दे तथा बैंकका अन्य विशिष्ट अधिकारीहरुको उपस्थितीमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामानहरु ह्स्तान्तरण गरेका छन् ।

6605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका