जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिटिजन् बैंकको नाफा ३४ करोड ९१ लाख

अर्थ वाणिज्य

सिटिजन् बैंकको नाफा ३४ करोड ९१ लाख

सिटिजन् बैंकको नाफा ३४ करोड ९१ लाख

सिटिजन बैंकले गत वर्षको पहिलो त्रैमाशको तुलनामा १८.५७ प्रतिशतले नाफा घटेको छ। बैंकले असोज मसान्तसम्ममा ३४ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ।

गत वर्ष ४१ करोड ८८ लाख रुपैयाँ थियो। ब्याज खर्च उच्च हुँदा खुद व्याज आम्दानी ५.९५ प्रतिशतले खुम्चिएको छ। खुद व्याज आम्दानी ७० करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ।

गत वर्षको तुलनामा निक्षेप संकलन १९ प्रतिशतले सुधार हुँदा ऋण लगानी १८ प्रतिशतले बढेको छ। सर्वसाधारणबाट ७२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब ९३ करोड रुपैयाँ निक्षेप सुधार गर्दा ऋण लगानी भने चार अर्ब ६४ करोडले बढाएको छ।

ऋण लगानी विस्तार हुँदा पूँजीको अनुपात ३ प्रतिशत विन्दुले घटेर १२.६६ प्रतिशतमा झरेको छ। खराब कर्जा ०.२५ प्रतिशत विन्दुले सुधार गर्दै ०.९८ प्रतिशतमा झार्न सफल भएको छ। पूँजी बढे अनुसार नाफामा उल्लेख्य सुधार हुन नसक्दा प्रतिशेयर आम्दानी ५ रुपैयाँले खुम्चिएर १६ रुपैयाँ कायम भएको छ।

नाफा सुधार गर्न बैंकले गत वर्षको ४ प्रतिशतको स्प्रेडदर ४.१६ प्रतिशत पुर्याएको छ। व्याज खर्चमा अनुमान भन्दा केहि बढी खर्च भए पनि वासलातको समग्र बृद्धिले मुनाफामा सन्तोषजनक बृद्धि भएको बैंकले उल्लेख गरेको छ।

7960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?