जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैँकको साधारणसभाको मिति तय

महालक्ष्मी विकास बैँकको साधारणसभाको मिति तय

महालक्ष्मी विकास बैंकले बार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंकले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै यहि चैत १३ गते भर्चुअल माध्यमबाट  आफ्नो १९ औं बार्षिक साधारणसभा बस्ने बैंकले जनाएको छ।

बैंकको मुख्य प्रस्तावमा गत आर्थिक बर्षको कमाईबाट प्रस्ताव गरेको लाभांश पारित गर्ने रहेको छ। बैंकको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८।८० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०।४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण हुनेछ। बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले हाल देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल तथा ३४ वटा एटिएमहरु मार्फत ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

8610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?