जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी पत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नुहुनेछ । आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन रहेको छ ।

उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका थिए ।

सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा नेपालका विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा समेत विशेष छुटको व्यवस्था रहेको छ ।

4925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका