जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पेट्रोलियम पाइपलाइनको आज औपचारिक उद्घाटन हुने

पेट्रोलियम पाइपलाइनको आज औपचारिक उद्घाटन हुने

दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा मंगलबार १२ः१५ मा रिमोटबाट स्वीच अन गरेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रमतय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट पाइपलाइनको स्वीच अन गरेपछि मोतिहारीबाट बाराको अमलेखगन्जमा तेल पठाउने झर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने कार्याक्रमसमेत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो । विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास भएको थियो ।

संचालनमा आउन लागेको पेट्रोलियम पाइपलाइनले देशको ७० प्रतिशत डिजल क्षमताको माग पूर्ति गर्ने नेपाल आयल निगमले जानकारी दिएको छ ।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका