जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्यूआर कोड विस्तारमा कुमारी बैंक ‘एग्रेसिप’

क्यूआर कोड विस्तारमा कुमारी बैंक ‘एग्रेसिप’

डिजिटल भुक्तानीको सहज र  भरपर्दो माध्यम बन्दै गरेको क्यूआर कोड सेवा उपलब्ध गराउन कुमारी बैंक एग्रेसिप रुपमा अगाडि आइरहेको छ । कुमारी बैंकले अब देशैभरी क्यूआर कोडा विस्तारको अभियान सञ्चालन गरेको कुमार बैंकका डेपुटी सीईओ मनीष तिम्लिसिनाले बताए ।

काठमाडौंका तरकारी बजारदेखि धनगढी, कञ्चनपुरका मन्डी बजारसम्म अहिले नै हामीले क्यूआर कोड सञ्चालन गरिसकेका छौं तिम्लिसिनाले भने । धादिङको मलेखुलाई डिजिटल मलेखु बनाउने काम भोलि शुक्रबार शुरु हुने उनले बताए । त्यस्तै शनिबार चितवनको सौराहामा डिजिटल सौराहको थालनी गरिने र देशका अन्य विभिन्न स्थानमा पनि क्यूआर कोड विस्तार गर्ने योजना रहेको उनले बताए ।

शुक्रबार मलेखुमा राष्ट्रिय स्तरका कलाकारको संस्कृतिक कार्यक्रम सहित डिजिटल मलेखु बनाउने अभियान रहेको कुमारी बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले जानकारी दिए । उनले भने, ‘मलेखुका करिब एक सय वटा पसलमा क्यूआर कोड जडान गरिसकिएको छ शनिबार पर्यटकिय शहर चितवनको सौरहालाई पनि डिजिटल सौराह बनाउने अभियानमा हामी लागेका छौं ।’

कुमारी बैंकले कञ्चनपुर,पोखरा लगायतका स्थानमा क्यूआर कोड जडान गरिसकेको उनले बताए । हालसम्म कुमारी बैंकको डिजिटल बैंकिंग प्रणालीमा  आठ हजार जना क्यूआर कोड ग्राहकहरु दर्ता भइसकेको उनले आर्थिकन्यूज डटकमलाई जानकारी दिए ।

7375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका