जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने

सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने

आजदेखि नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुरु भएको छ । दशैं लगायतका चाडपर्व नजिकिएसँगै सरकारले आजदेखि भुक्तानी दिन सुरु गरेको हो ।
यससँगै अब सरकारी कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने भएका छन् ।

यस्तै आजदेखि राजस्व संकलन समेत सुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।

उक्त कार्यालयहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । अर्थ मन्त्रालय पनि सुरक्षित अवस्थामा छ । शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजश्व संकलन गरेको छ ।

1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्