जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • अब छिनभरमै घरबाटै कामना सेवाको अनलाईन खाता खोली कारोबार गर्न सकिने

अब छिनभरमै घरबाटै कामना सेवाको अनलाईन खाता खोली कारोबार गर्न सकिने

कामना सेवा विकास बैंक ले केएस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ ।  ग्राहकहरुले बैंकको वेवसाईट मार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै  वार्षिक रुपमा एक लाखसम्मको कारोबार गर्न सक्नेछन् ।

उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निशुल्क मोबाईल र ईन्टरनेट बैकिङको  सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि विशेष उपस्थिती थियो ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बंैकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाइ विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।

9125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?