जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • एनएमबिका ग्राहकहरुलाई एएसजी आँखा अस्पतालमा सहुलियत

एनएमबिका ग्राहकहरुलाई एएसजी आँखा अस्पतालमा सहुलियत

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ ।

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरीमा र अ“ाखा सम्बन्धि कुनैपनि सामानको खरिदमा मा १० प्रतिशत छुट उपलब्ध गराउने छ ।

समझदारीपत्रमा एनएमबि बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरुले हस्ताक्षर गरेका थिए । बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

9705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका