जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बेैंकद्वारा फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बेैंकद्वारा फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले जिल्ला प्रहरी कार्यालय तनहुँलाई एक सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ ।
बैंकको दमौली शाखामा आयोजित कार्यक्रममा शाखाका प्रबन्धक सुदिप न्यौपानेले प्रहरी उपरिक्षक अरुण पौडेललाई उक्त फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । फ्लोरोसेन्ट ज्याकेट रातको समयमा टाढैबाट देखिने भएका कारण तीव्र गतिका सवारी नियन्त्रण तथा सवारी दुर्घटना रोकथाममा सहयोग पु¥याउने उद्देश्यले बैंकले ज्याकेट उपलब्ध गराएको थियो ।
देशभर १०३ वटा शाखाहरु मार्फत बंैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

4880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका