जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गुराँस लाइफको साधारण सभा सम्पन्न, अध्यक्षमा विवेक दुगड

गुराँस लाइफको साधारण सभा सम्पन्न, अध्यक्षमा विवेक दुगड

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको दशौ वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव २५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि उक्त लाभांश प्रस्ताव पारित गरेको हो । यस अघि चुक्तापूँजी  ९३ करोड ८५ लाख २० हजार रुपैयाँ को आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको कम्पनीले शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस दिन लागेको हो ।

हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । उक्त बोनसमा लाग्ने कर वापतको रकम कम्पनीलेनै व्यहोर्ने बताएको छ । बिहीवार सम्पन्न सभाले आगामी चार वर्षका लागि ६ जना सञ्चालकको निर्वाचन समेत गरेको छ ।

सभाबाट संस्थापकतर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी र विनय कुमार तोदीलाई निर्वाचित गरेको छ भने सर्वसाधारण तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको बिहीवारनै बसेको बैठकले विवेक दुगडलाई अध्यक्षमा सर्वसम्मत् चयन समेत गरेको छ ।

7905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका