जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • गुराँस लाइफको खुद बीमा शुल्क आर्जन १२२ प्रतिशतले बढ्यो, मुनाफा १० करोड ४२ लाख रुपैयाँ

गुराँस लाइफको खुद बीमा शुल्क आर्जन १२२ प्रतिशतले बढ्यो, मुनाफा १० करोड ४२ लाख रुपैयाँ

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा खुद बीमा शुल्क तथा कुल बीमा शुल्क आर्जन १२२ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यहि अवधिमा तीन अर्ब एक करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने एक अर्ब ३५ करोड रुपैयाँ थियो ।

त्यस्तै हालसम्म कम्पनीले १३ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस वर्ष कुल बीमा शुल्क आर्जन पनि तीन अर्ब चार करोड रुपैयाँ छ । कम्पनीले यस वर्ष बीमा शुल्क आर्जनमा छलाङ मारेको छ । तर बीमा पोलिसी संख्या भने २२ प्रतिशतले घटेको देखिन्छ । गत वर्षको यहि अवधिमा २ लाख २ हजार ३५६ वटा बीमा पोलिसी बिक्री गरेकोमा यस वर्ष एक लाख ५६ हजार ९८९ वटा पोलिसी बिक्री गरेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा १० करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको भन्दा २४ प्रतिशतले नाफा बढाएको कम्पनीले गत वर्षको यहि अवधिमा भने ८ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर ६२ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ ।

चुक्ता पूँजी ११० प्रतिशतले बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले निर्देशन गरे अनुसार २ अर्ब रुपैयाँ पुग्न अझै २ करोड ४४ लाख रुपैयाँ आवस्यक पर्ने देखिन्छ । पूँजी सँगै जगेडा कोष पनि ४२ प्रतिशतले बढेको छ । जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै जीवन बीमा कोष पनि ४२ प्रतिशतले नै बढेको छ । जीवन बीमा कोषमा १० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी भने ११ रुपैयाँबाट ७ रुपैयाँमा खुम्चिएको छ ।

6710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका