जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सनराइज बैंक लिमिटेडको सुनवल र लम्कि शाखाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सनराइज बैंक लिमिटेडको सुनवल र लम्कि शाखाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका स्थित सुनवल अस्थाई कोभिड अस्पताललाई रु. १ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको होे ।

बैंकका सुनवल शाखाका प्रमुख प्रकाश खनाल प्रमुख अतिथि तथा कार्यक्रमको अध्यक्षता सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले गर्नुभएको थियो । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवम् न्युनिकरणका लागि सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकाद्वारा संचालित कोभिड अस्पताललाई उक्त सहयोग गरिएको बैंंकका सुनवल शाखा प्रबन्धकले जानकारी गराउनु भयो ।

यसै गरी बैंकको लम्की शाखाले पनि गत शुक्रबार लम्की चुहा नगरपालिकाको स्वास्थ्य शाखा अन्र्तगत रहेको लम्कीचुहा अस्पताल र ईलाकाप्रहरी कार्यालय लम्कीलाई स्वास्थ्य सामाग्रीप्रदान गरेको छ । फिल्डमा गएर काम गर्न स्वास्थकर्र्मी र प्रहरीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बंैकले लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई पिपिई सेट,पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, सेनिटाईजर लगायतका स्वाथ्य समाग्री प्रदान गराएको हो । बैंकको लम्की शाखा प्रबन्धक श्री मात्रिका खड्काले लम्की चुहा अस्पतालका प्रतिनिधि महेश विष्ट र ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । वितरण गरिएका स्वाथ्य सामाग्रीले आफुहरुलाई फिल्डमा जान सहज हुने भन्दै सहयोगका लागि बैंकलाई लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीले धन्यबाद दिएका छन् ।

सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्र र ठाउँहरुमा सहयोगहरु गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।

4100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका