जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कृषि विकास बैंकका अधिकांश सूचक ऋणात्मक

कृषि विकास बैंकका अधिकांश सूचक ऋणात्मक

कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.१० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । बैंकको सीडी रेसियो ८७.५४ प्रतिशत र आधार दर ११.०६ प्रतिशत रहेको छ।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका