जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • कोका–कोला फाउन्डेशनले नेपालमा अक्सिजन उत्पादन गर्न सहयोग गर्ने

कोका–कोला फाउन्डेशनले नेपालमा अक्सिजन उत्पादन गर्न सहयोग गर्ने

कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक भएको कम्पनीले बताएको छ ।

यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको जानकारी दिइएको छ ।

यो दुवै सडक र हवाईद्वारा परिवहन योग्य रहेका  र यसलाई चाँडै स्थापना गर्न सकिने कम्पनीले बताएको छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुने छैन ।

प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले व्रिmयसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० ओटा युनिटहरुको माग गरिसकेको समेत कम्पनीले बताएको छ ।

7060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?