जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • जनरल इन्स्योरेन्स तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश

जनरल इन्स्योरेन्स तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो वर्ष पुरा गरी चौथौ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा कम्पनीले बृद्धाश्रममा खाना खुवाउने तथा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

स्थापनाको तीन वर्षको अवधिमा कम्पनीलाई मार्गनिर्देशन गर्ने नियामक निकाय, शेयरधनी एंव शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनहरुमा अझै गुणस्तरिय आधुनिक दिगो एंव विश्वसनीय सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।

यस अवधिमा कम्पनीले ३९ वटा शाखा कार्यालय तथा एउटा केन्द्रिय कार्यलाय मार्फत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले गत असोजमा सर्वसाधारणका लागि ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पूँजी एक अर्ब रुपैयाँ जुटाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । स्थापना अवधिदेखि भने ५२ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सकेको छ ।

कम्पनीले तीन वर्ष अगाडि जनरल सहित तीन वटा कम्पनीलाई बीमा समितले लाइसेन्स प्रदान गरेको थियो । सुरुवाती वर्षमा खासै आक्रामक रुपमा अगाडि नबढेको जनरलले आगामी वर्षमा आक्रामक रुपमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

8130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका