जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • यूनियन लाइफद्वारा ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफद्वारा ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको बिच मृतकको परिवारलाइ ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, शुक्लागण्डकी न. पा वडा नं ८ का वडा सदस्य रोम बहादुर सिहं वडा सचिव शेषमणी त्रिपाठी, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बीमित लेख बहादुर मल्लका हकवाला शुक्लागण्डकी ८ तनहुँ निवासी निजको श्रीमती शुमित्रा मल्ल लाई लाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

२०७६ साल मंसिरमा निज लेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बिमा गर्दा प्रथम बीमा शुल्क बापत मात्र ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए ।

५ लाखको बीमा गरेका निज मल्लको गत चैत्र महिनामा निजको असमाहिक निधन भएको थियो । चेक हस्तान्तरण कार्यक्रममा कार्यक्रमका बक्ताहरुले आजको दिनमा जीवन बीमा अनिवार्य रहेकोले सबै जनाले आफ्नो आर्थिक स्थित अनुसार केही रकम बीमाको लागि छुट्टाउनुपर्नेमा जोड दिए ।

बीमितको हकवाला श्रीमती सुमित्रा मल्लले जीवन बीमाको महत्व अत्यन्तै रहेको आफुलाइ अनुभव भएको सुनाउदै बीमाले जिबित भए आफैलाइ र मृत्यु पश्चात परिवारलाई आर्थिक रुपमा सबल बनाउने हुँदा दाबी भुक्तानी बापत पाएको रकमले आफ्ना छोरा छोरीको बिमा गरिदिने बताइन् ।

शाखा प्रमुख ओमकार नागिलाले रोग, संक्रमण र जोखिम बढ्दै गएको अवस्थामा आम मानिसमा बीमाको समेत महत्व बढदै गएको बताए ।

2350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका