जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नबिल बैंकले ल्यायो ‘३७ दिने खुसीको अफर’ प्याकेज, नयाँ खाता खोल्दा यस्ता फाइदा

नबिल बैंकले ल्यायो ‘३७ दिने खुसीको अफर’ प्याकेज, नयाँ खाता खोल्दा यस्ता फाइदा

नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने योजना सार्वजनिक गरेको छ।

बैंकले कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा पनि बिभिन्न छुट प्याकेज सहित “३७ डेज अफ ह्याप्पीनेस”अफर ल्याएको जनाएको छ ।

अफर अन्तर्गत बैंकले सोमबारदेखि आगामी ३७ दिनका लागि “व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आइ कार्ड, नबिल स्मार्ट बैंक(मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुल्ने नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध हुने बैंकले जानकारी दिएको छ।

सन् १९८४ देखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकको देशभर १३५ शाखा, १८३ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको जनाएको छ।

7835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका