जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सले गर्‍यो तीन महिनामा ११ करोड नाफा

शिखर इन्स्योरेन्सले गर्‍यो तीन महिनामा ११ करोड नाफा

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ११ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार ११ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

यो नाफा गत वर्षको भन्दा केही बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीले १.३३ प्रतिशतले नाफा बढाएको छ ।

पहिलो त्रैमासमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।

980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?